Wednesday, April 17

‘नारायणहिटीमा विदेशीलाई रेष्टुरेन्ट खोल्न दिनु राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’

नेकपा एमालेका नेता भीम रावलले नारायणहिटी संग्राहालयको मौलिकताको सुरक्षा गर्न माग गरेका छन् । नेता रावलले सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्त्वको सम्पदाको संरक्षण गर्नुपर्ने बताएका छन् । विदेशीलाई व्यापारिक मुनाफाका लागि रेस्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमानमाथि प्रहार भएको उनको तर्क छ ।

‘नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्त्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेस्टरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो । यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्ध गरी नारायणहिटी संग्राहालयको मौलिकताको सुरक्षा गरियोस्,’ उनले भनेका छन् ।

नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई संग्राहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।

त्यसपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले समितिलाई बोलाएर रेस्टुरेन्टको संरचना निर्माणको काम रोक्न निर्देशन दिएका छन् । दरबार संग्राहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले मंगलबार मन्त्रालयमा बोलाइ त्यहाँ निर्माण भइरहेको रेस्टुरेन्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिएका हुन् ।

मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिए ।

नारायणहिटीभित्र रेस्टुरेण्टको काम रोकेपछि मन्त्री आलेको ‘प्रशंसा’

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading