Thursday, October 3

नारायणहिटीभित्र रेस्टुरेण्टको काम रोकेपछि मन्त्री आलेको ‘प्रशंसा’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिएका छन् ।

दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले मंगलबार मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिएका हुन् ।

मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिए ।

समितिले सङ्ग्रहालयका १० रोपनी जमिनमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्राहालयभित्र रेस्टुरेण्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।

मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्राहालय परिसरमा रेस्टुरेण्ट बनाउने काम रोकेपछि उनको अहिले सर्वत्र प्रशंसा भइरहेको छ । उनले पछिल्लो समय पर्यटन मन्त्रालयमा पनि राम्रो काम गरेर देखाएका छन् । यसका साथै नेपालको राष्ट्रिय ध्वजावहाक वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमलाई पनि राम्रो अवस्थामा ल्याउन उनले पहल थालेका छन् ।

पहिलो कार्यकालमा आलोचित भएका मन्त्री आले दोस्रो कार्यमा प्रशांसयोग्य काम गरेका हुन् । यद्यपि दोस्रो कार्यकालमा पनि उनले केही आलोचना नखेपेका भने होइनन् । विदेश भ्रमणबाट आउँदा अध्यगमन विभागले तोकेभन्दा धेरै वस्तु ल्याएको प्लेनको टिकटको मूल्य अस्वभाविक राखेको आरोप उनलाई लाग्ने गरेको छ ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading