Thursday, October 3

‘ओमिक्रोन भेरियन्टबाट आत्तिनुपर्ने अवस्था छैन’

कुनैपनि भाइरस समुदायमा फैलिँदै जाँदा यसले स्वरुप परिवर्तन गर्छ। र, ती परिवर्तित स्वरुपलाई हामीले नामांकरण गर्छौं । जसरी हामीले कोरोना भाइरस पहिलो मूल भाइरसबाट अहिले रुप परिवर्तन गर्दै अल्फा भेरियन्ट,डेल्टा भेरियन्ट भनेर नामांकरण गर्‍यौं । अहिले पछिल्लो समय दक्षिण अफ्रिकामा नयाँ किसिमको भेरियन्ट पत्ता लाग्यो । यो कारोना भाइरसको एक किसिमको नयाँ भेरियन्ट हो। दक्षिण अफ्रिकामा यो भाइरस देखिएलगत्तै कोरोना भाइरस संक्रमित बिरामीहरुको संख्या बढेर गएको देखिन्छ ।

युवा पुस्तामा यसले विशेष गरी सामान्य लक्षणहरु देखिन्छ। जस्तै ज्वरो आउने,शरीर दुख्ने, अलिकति सुख्खा खोकी लाग्ने जस्ता लक्षणहरु मात्र देखिएको छ । यो देखियो भन्दैमा आत्ति हाल्नुपर्ने, डराउनुपर्ने स्थिति छैन। यसका दुईवटा कारणहरु छन्, एउटा मुख्य कारण ओमिक्रोन आफैमा कस्तो किसिमको भाइरस हो यसले कस्तो किसिमको जटिलता ल्याउँछ अध्ययनको विषय छ। प्रारम्भिक रुपमा हेर्दा यसका असरहरु सामान्य रुपमा रहेको बुझिन्छ । विभिन्न किसिमका खोपहरुले यो विरुद्ध काम गर्छन् भन्ने अध्ययन अनुसन्धानमा अगाडि आइरहेका कुराहरु छन् ।

अझैं अध्ययन अनुसन्धान हुँदै गइरहेको अवस्था छ । मुख्य कुरा कोरोना भाइरसको हामीसँग विद्यमान नै रहिरहेका डेल्टा भेरियन्ट जुन किसिमको यसले पार्ने प्रभावहरु छन्, खोप नलगाएको व्यक्तिहरु, वृद्ध व्यक्तिहरु दिर्घ रोगी व्यक्तिहरुमा यसले निमोनिया ल्याउने, सारो बनाउने समस्याहरु देखिएको छ ।

हामी अहिले डराउनुपर्ने स्थिति छैन। हामीले अन्य कोरोना भाइरसका भेरियन्टसँग जसरी लड्यौं, जुध्यौं, कोरोना भाइरसको कुनैपनि भेरियन्टबाट जोगिनका लागि अपनाउनुपर्ने अचुक औषधि भनेको मास्क लगाउने, दुरी कायम गर्ने , हात धुने, हात स्यानिटाइज गर्ने, लक्षण देखिएका व्यक्तिले कोरोना परीक्षण गर्ने, जो व्यक्तिहरु पोजेटिभ आएका छन्, ती व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्ने, परीक्षण गराउने गर्नुपर्छ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading