आज नेपाली पूर्वक्रिकेट शक्ति गौचनको जन्मदिन परेको छ। उनको जन्म सन् १९८४ अप्रिलमा भएको थियो। उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी थिए।
शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन्। उनले नेपाली राष्ट्रिय टिमका लागि ओमानविरूद्व सन् २००२ जुलाईमा भएको खेलबाट राष्ट्रिय टिमममा डेब्यु गरेका थिए।
सन् २०१८ जुलाईमा शक्तिले नेदरल्यान्डविरूद्वको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए। उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए।
शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। उनले इटाली राष्ट्रिय क्रिकेट टिमविरूद्व २००५ फेब्रुअरीमा आइसिसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए। उक्त खेलमा शक्ति १०३ बलमा १०६ रनसहित अवजीत रहेका थिए।
शक्तिले २०१८ एभरेष्ट प्रिमियर लिग (इपिएल)पछि घरेलु क्रिकेटबाटसमेत सन्न्यास लिएका थिए। पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेलपछि उनले सबै प्रकारको क्रिकेट खेलबाट सन्यास लिएको घोषणा गरेका थिए।
यसै क्रममा भारतमा जारी १२औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिल)मा सहभागिता जनाइरहेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछानेले शक्ति गौचनलाई जन्मदिनको शुभकामना दिएका छन्। उनले आफ्नो र शक्तिको फोटो शेयर गर्दै शक्तिलाई जन्मदिनको शुभकामना दिएका हुन्। अहिले उनी दिल्ली क्यापिटल्सका तर्फबाट खेलिरहेका छन्।
Happy Birthday, #Shakti_Gauchan Da ! Wishing you a birthday that brings you happiness today and gives you memories to cherish. God Bless You. pic.twitter.com/q5QxCbcGJS
— Sandeep Lamichhane (@IamSandeep25) April 22, 2019
<
p style=”text-align: justify;”>
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.