Wednesday, February 21

सरकारले यर्थाथपत्र सार्वजनिक गर्दै

सरकारले आज मुलुकको पछिल्लो आर्थिक अवस्था समेटिएको यर्थाथपत्र सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा यर्थाथपत्र सार्वजनिक गर्न गर्न लागेका हुन् ।

प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्रीले यर्थाथपत्र सार्वजनिक गर्ने गरी समय माग गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले यर्थाथपत्र सार्वजनिक गर्नका लागि अर्थमन्त्रीले समय माग गरेको बताए ।

अर्थमन्त्री शर्माले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमका बारेमा जानकारी दिने उद्देश्यले यर्थाथपत्र ल्याउन लागेको यसअघि नै घोषणा गरिसकेका छन् । उनले कोही कसैलाई आरोपित गर्नेभन्दा पनि मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा देश र जनतालाई जानकारी दिनु सरकारको दायित्व रहेको बताउँदै आएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि पहिलो पटक श्वेतपत्र नभनीकन यर्थाथपत्र सार्वजनिक गर्न लागिएको हो ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading