Thursday, April 18

पार्टनर राजी नभएसम्म नखुल्ने अचम्मको कण्डम

यौन सुरक्षाको साधन हो कण्डम। कडण्मलाई लिएर विभिन्न प्रयोग पनि हुँदै आएका छन्। यस्तैमा अर्जेन्टिनाको सेक्स टोय कम्पनी ट्युलिपनले अचम्मको कन्डम उत्पादन गर्न लागेको छ। जुन कन्डमको प्याकेट एक्लै खोल्न सकिने छैन। यो कन्डमको प्याकेट खोल्नका लागि दुई जना चाहिन्छ। चारवटा हातको सहयोगबिना कन्डम खोल्न सकिँदैन।

सहमतिमा हुने सुरक्षित यौन सम्बन्ध स्थापित गर्ने उद्देश्यले कम्पनीले ‘कन्सेन्ट’ नामको यस्तो कन्डम उत्पादन गर्न लागेको हो। कन्डमको प्याकेट खोल्नका लागि सेक्स पार्टनरमध्ये दुवै जनाको आवश्यकता पर्छ।

‘सुरक्षित यौन सम्बन्धको आधार’ नाराका साथ कम्पनीले विशेष कण्डमको भिडियो आफ्नो ट्विटर ह्यान्डलमा सेयर गरेको छ। लभ मेकिङमा दुवै पार्टनरको बराबर सहभागिता हुनुपर्ने मान्यताका साथ यस्तो कन्डमको डिजाइन गरिएको यो कण्डमको प्याकेटमा ‘यदि कसैले स्वीकार गर्दैन भने त्यहाँ केही पनि हुँदैन’ लेखिएको छ।

सेक्स सम्बन्धमा सहमतिले मात्र काम गर्ने र सहमति भए मात्रै आनन्द पनि मिल्ने मान्यताका साथ यस्तो कन्डम उत्पादन गर्न लागिएको कम्पनीको  दाबी छ।

सन् २०१९ को अन्त्यसम्ममा बजारमा उपलब्ध गराउने योजनाका साथ कम्पनीले काम गरिरहेको छ। सुरुमा कन्डमका केही नमुना विभिन्न बार तथा रेस्टुरेन्टमा आउने जोडीलाई निःशुल्क बाँडिने र त्यसपछि व्यावसायिक उत्पादन गर्नै कम्पनीले जनाएको युकेबाट सञ्चालित द सनले उल्लेख गरेको छ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading