Thursday, May 23

टोकियो ओलम्पिक : गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिक २०२० मा नेपालकी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् ।

उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन् । खेल आज दिउँसो ३:४५ बजे हुनेछ ।

यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन् । यो स्पर्धामा सात वटा हिट हुनेछन् । सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् ।

यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिएका छन् । सोनियाले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading