डिएनए अर्थात् डिअक्सिराइबोन्युलिक एसिड मानिसको वंशाणु गुण हो । डिएनए प्राणीमा भएको आनुवंशिक नियमावलीको अणु हो, जुन घुमाउरो सिँढीको आकारमा हुन्छ । अब जानौँ, यसबारेका केही तथ्य :
– डिएनएले जैविक जानकारी भण्डारण गर्छ, जो एक पुस्ताबाट अर्कोमा सर्छ ।
– डिएनएमा भएका सूचना बोक्ने अणुले मानिसको जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।
-संसारका जति पनि मानिस छन्, उनीहरूको डिएनएमा ९९.९ प्रतिशत समानता हुन्छ ।
– प्रत्येक मानिसमा ०.९ प्रतिशत डिएनएको संरचना मात्र फरक हुन्छ । जसबाट कुन मानिस हो भनेर पत्ता लगाउन सकिन्छ ।
– सन् १८७९ मा स्विस चिकित्सक फेडरिक मिसचेरले डिएनए पत्ता लगाएका थिए । पछि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरियो ।
– मानव शरीरका प्रत्येक कोषिकामा डिएनए हुन्छ । कोषिकाभित्र खुम्चिएर यो ०.९ माइक्रोमिटरको लम्बाइमा अटेको हुन्छ ।
– डिएनएमा जीवित प्राणीको सम्पूर्ण जानकारी रहेको हुन्छ, जो परीक्षण गर्दा पत्ता लाग्छ ।
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.