भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत् गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।
भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।
भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताए । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।
सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ ।
भियतनामका स्वास्थ्यमन्त्रीले के भने ?
रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ । उनले भनेका छन्, ‘भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरूसहितको नयाँ कोभिड-१९ को भेरियन्ट देखेको छ ।’
उनले नयाँ ठिमाहा भेरियन्टको कोरोना यसअघिका संस्करणमा देखापरेका भन्दा निकै संक्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए । अनलाइन पत्रिका भीएन एक्सप्रेसका अनुसार उनले हालै देखापरेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरियन्ट देखिएको बताएका थिए ।
उनले भाइरसको यस भेरियन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन् ।
डब्ल्यूएचओ के भन्यो ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अहिले भियतनामले गरेको दाबीबारे अध्ययन गरिएको बताएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार, कोभिड-१९ का लागि डब्ल्यूएचओकी प्राविधिक प्रमुख मारिया वेन केरखोवाले ईमेलमार्फत भनिन् ‘अहिले हामीले भियतनाममा रिपोर्ट गरिएको भाइरस भेरियन्टको आकलन गरिसकेका छैनौँ ।’
उनले अगाडि भनिन्, ‘त्यहाँ हाम्रो कार्यालय भियतनामको स्वास्थ्य मन्त्रालयको साथमा काम गरिरहेको छ । हामीले छिट्टै यसबारे अधिक जानकारी जुटाउन सफल हुने आशा गरेका छौँ ।’
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.