चीनले सेनाका तीन अंगलाई उपयुक्त हुन अस्त्रको निर्माण गरेको छ। सेनाका तीन अंगसँग मिलेर काम गर्न सक्ने यो विश्वकै पहिलो ड्रोन हो। युद्धका बेलामा यो ड्रोनले थल, जल र नभ सेनालाई एकसाथ सहयोग पुर्याउने चिनियाँ विश्लेकहरूले दाबी गरेका छन्। युद्धका क्रममा जमीनमा हमला भइरहेका बेला हवाई ड्रोनका माध्यमबाट र नौसेनका सहयोग लिन सक्षम हुने उनीहरूको दाबी छ।
चीनको जहाज निर्माण उद्योग निगमअन्तरगत वुचैंग शिपबिल्डिंग इंडस्ट्री ग्रुपले यसलाई तयार परेको हो। चीनमा निर्मित यो ड्रोनको नाम मरीन लिजर्ड राखिएको छ। यो ड्रोनलाई आठ अप्रैलमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सफलतापूर्वक लान्च गरिएको थियो। यसको रेन्ज १२०० किलोमीटरसम्म छ। यसको स्पीड ५० नट छ। समुद्री छेपारोको आकारको यो ड्रोनलाई सेटेलाइटका माध्यमबाट सञ्चालन गरिने छ।
यो ड्रोनको सबैभन्दा ठूलो खुबु भनेको यसलाई चार ट्रयाक इकाइबाट एकैसाथ संचालित गर्न सकिन्छ । साथै यसले प्रतिघण्टा २० किलोमिटरको तीव्र गतिमा कुनै पनि लक्ष्यसम्म पुग्न सक्ने क्षमता राख्दछ। यसको पछाडिको भगमा एउटा इलेक्ट्रो आप्टिकल सिस्टम र एउटा रडार सिस्टम जडान गरिएको छ। यसले दुश्मनको योजनालाई पहिल्यै अन्दाज लगाउँछ। यो ड्रोन दुईवटा मेसिनगन र विमान रक्षा मिसाइलका लागि भर्टिकल लन्चिङ सिस्टम युक्त छ।
विशेषज्ञहरूका अनुसार यसले दुश्मनको ठेगना पत्ता लगाउनका लागि मानवरहित प्रकृतिको लाभ उठाउने छ। तटीय रक्षाका लागि ड्रोन बोट पनि एउटा उत्तम विकल्प हुने छ। नेविगेशन सेटलाइट सिस्टमको माध्यमबाट निर्देशित यो ड्रोन एकीकृत कमाण्ड सिस्टममा अन्य युद्ध इकाइसँग मिले काम गर्न सक्छ। यो मानवरहित जल नभ र वायुमा एकीकृत प्रणाली बनाउन सक्षम भएको बताइन्छ। यसले युद्धका क्रममा कम जखिमका साथ दुश्मनसँग लडाइँ गर्न सक्छ।
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.