काठमाडौं : नेपाल आइडल सिजन-३ को उपाधि मोरङकी सज्जा चौलागाईले जितेकी छन् । आज भएको फाइनलमा प्रवीण बेडवाल र किरण भुजेलको भन्दा बढी भोट ल्याएर सज्जाले आइडलको उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेकी छन् ।
त्यस्तै, फस्ट रनरअप प्रवीण बेडुवालले १० लाख र सेकेन्ड रनरअप कीरणकुमार भुजेलले ५ लाख नगद प्राप्त गरेका छन् ।
एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।
लकडाउनका कारण यो वर्षको नेपाल आइडलको फिनाले ढीला भएको हो । कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।
याे पनि पढ्नुस सुरु हुँदै नेपाल आइडल
नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।
को हुन् सज्जा चौलागाईं?
मोरङ पथरीकी सज्जा चौलागाईं नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।
याे पनि पढ्नुस सुदूरपश्चिमका कमल सोव आइडलको उत्कृष्ट ११ मा, भोटको अपिल
कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।
ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो । लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो । तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो ।
पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् । गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो । उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन् । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन-३ को अडिसनले यता तानिएकी हुन् ।
याे पनि पढ्नुस बाहिरिइन् ममता गुरुङ, को–को पुगे नेपाल आइडलको ‘टप–८’मा?
सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो । गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो ।
नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई । गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन् ।
हरेक प्रतियोगी एकसे एक भएकाले आफू नै विजेता बन्नेमा ढुक्क भने छैनन् उनी । ‘टप फाइभमा पुग्नु पनि ठूलो उपलब्धि हो’, उनले सुनाइन् ।
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.