Thursday, April 18

सुनको भाउ तोलमा चार सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० रुपैयाँ कायम गरेको छ। मंगलबार सुनको मूल्य स्थिर थियो।

सोमबार र मंगलबार छापावाला सुन प्रतितोला ७६ हजार र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा खरीदबिक्री भएको थियो। सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला १५ ले घटेर ८७० रुपैयाँ पुगेको छ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading