Saturday, April 20

फागुन १ देखि तेस्रो चलचित्र महोत्सव हुने

काठमाडौं : तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुने भएको हो।

नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित हुने महोत्वसमा ८० चलचित्रहरू प्रदर्शन हुने आयोजकले जनाएको छ। बिहीबार पत्रकारसम्मेलन गरी दिइएको जानकारीअनुसार महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र प्रदर्शन हुने भएका छन्।

विभिन्न ५५ देशका ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ठ ८० वटा चलचत्रि महोत्वका लागि छनोट भएका छन्। एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो।

विश्वका कथाको कथ्य उत्सव नारासहित सुरु हुन लागेको महोत्वमा कथानक चलचित्र, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ठ कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।

त्यसैगरी, सर्वोत्कृष्ठ वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सवोत्कृष्ठ एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ठ लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, नेपाली उत्कृष्ठ चलचित्रलाई १ लाख रुपैयाँसहित को पुरस्कार र उत्कृष्ठ लघु चलचित्रलाई ४० हवार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ। कथानक चलचित्रको मूल्यांकनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ।

वृत्तभित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मुल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ। महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रम पनि समावेश गरिएको छ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading