Thursday, May 23

अन्जन चम्किँदा ताइपेइविरुद्ध नेपालकाे सानदार जीत

काठमाडौं : कतारमा सन् २०२२ मा हुने विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेइविरुद्ध सानदार विजय हासिल गरेको छ। कतार विश्वकपको छनोटको समूह चरणको दोस्रो खेलमा मंगलबार चाइजिन ताइपेइविरुद्ध नेपालले २-० ले जित हाँसिल गरेको हो।

ताइपेईको घरेलु मैदान ताइपे स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्टले नेपालका लागि दुई गोल गरेका हुन्। विष्टले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेका हुन्।

खेलको तेस्रो मिनेटमै अन्जनले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। ताइपेइका खेलाडीले रवि पासवानलाई लडाएपछि पाएको फ्रिकिकलाई अन्जनले गोलमा परिणत गरेका थिए। दोस्रो गोल अन्जनले खेलको ६३ औँ मिनेटमा गरेका थिए। उनले सुजल श्रेष्ठको प्रहारलाई अन्जनले हेडरमार्फत गोलमा परिणत गरेका थिए।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading