Sunday, September 8

एडिबीका परियोजना सन्तोषजनक रहेको निष्कर्ष        

काठमाडौं : एशीयाली विकास बैंक (एडीबी)द्वारा संचालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ।

एडीबीले नेपालमा संचालन गरेका परियोजनाबारे समीक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय समीक्षा बैठकमा एडिबिले लगानी गरेका सो दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो। एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ।

तीमध्ये पुनर्निर्माण र ऊर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्यअनुसार अघि बढिरहेको एडिबिका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए। उनले सो परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रशंशा गरे। एडीबीले नेपाल सरकारको तत्परताकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराइएको पनि स्पष्ट पारेको छ।

देशीय निर्देशक मुख्तोरले नेपालमा दिइएको ऋण ५९ करोड २० अमेरिकी डलर पुगेको पनि जानकारी दिए। उनले नेपालको विकासका लागि एडिबिले अझै सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले एडीबीले नेपालको विकास, निर्माणका काममा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले एडिबिद्वारा नेपालका संचालित परियोजना समयमै सम्पन्न गर्न सम्वद्ध सबै पक्ष इमान्दार हुनुपर्ने र त्यसमा नेपाल सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्न सदा तयार रहने प्रतिबद्धता पनि व्यक्त गरे।

एडिबिले हाल नेपालमा २ खर्बभन्दा बढीको परियोजना संचालन गरिरहेको छ। त्यसमध्ये सबैभन्दा बढी लगानी सडक पूर्वाधार, ऊर्जा र खानेपानीमा रहेका छन्।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading