Monday, February 26

फोर्ब्स : सर्वाधिक कमाइ गर्ने कलाकारमा ड्वेन पहिलो नम्बरमा, टप-५ भित्र अक्षय कुमार पनि

द रकका नामले चर्चित रेसलरबाट एक्टर बनेका ड्वेन जोनसन (रक) संसारकै सर्वाधिक कमाउने अभिनेता बनेका छन्। फोर्ब्‍स २०१९ को रिपोर्टअनुसार पछिल्लो वर्ष दोस्रो नम्बरमा रहेका ड्वेनले यो वर्ष जर्ज क्लूनीको कमाइलाई पछि पार्दै पहिलो स्थान सुरक्षित गरेका हुन्। यही लिस्टमा बलिउड अभिनेता अक्षय कुमारको चौथो नम्बरमा रहेको छ।

हालै जारी भएको फोर्ब्स म्यागजिनको लिस्टमा ड्वेन सर्वाधिक कमाउने अभिनेताको पहिलो नम्बरमा छन्। जुमान्जी र फास्ट एन्ड फ्यूरियस जस्ता एक्शन मसालाले भरिएका फिल्महरूमा काम गरेका कारण ड्वेन दर्शकहरूबीच निकै चर्चित बने। रिपोर्टका अनुसार जून २०१८ देखि  जून २०१९ सम्मके रेकर्डलाई हेर्दा उनले एक वर्षमा ८९.४ मिलियन डलर कमाइ गरे।

उसमा उनको तलब र फिल्मबाट कमाइ भएको नाफा पनि समावेश छ। यसमा एचबिओमा आउने एपिसोड ब्यालेर्सबाट ७००,००० डलर प्रतिएपिसोड र अन्डर आर्मरसँग उनको कपडा चुत्ता र हेडफोनको रोयल्टीलगायत जोडिएको छ।

यस लिस्टको टप १० की सूचीमा एवेन्जर्स एन्डगेमका दुई कलाकार क्रिस हेमस्वर्थ र रबर्ट डाउनी जूनियर पनि छन्। फोर्ब्सका अनुसार क्रिस हेमस्वर्थको कमाइ ७६.४ मिलियन डलर र रबर्टको ६६ मिलियन डलर रहेको छ।‍ यो लिस्टमा ब्रैडली कूपर, क्रिस इवान्स र पल रूड पनि टप १० भित्र परेका छन्। रिपोर्टका अनुसारएक्टर ब्रैडली कूपरले आफ्नो फिल्म ‘ए स्टार इज बर्न’ बाट ४० मिलियन डलर कमाइ गरे। उनले फिल्म निर्माणका लागि ५७ मिलियन डलर खर्चिएका थिए।

अक्षय कुमारले बनाए नयाँ रेकर्ड

फोर्ब्सको यो सर्वाधिक कमाइ गर्न कलाकारको लिस्टमा बलिउड अभिनेता अक्षय कुमार चौथो नम्बरमा छन्। उनको कुल कमाइ ६५ मिलियन डलर भएको बताइएको छ। अक्षय कुमारपछि च्याक्की च्यान ५८ मिलियन डलर कमाइका साथ टप १० भित्र सामेल छन्।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading