Sunday, July 21

स्व. कलाकार अधिकारीको अन्त्येष्टि

काठमाडौं : वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको डल्लुस्थित आफ्नै निवास निधन भएको हो।

काठमाडौँको असनमा २००३ सालामा जन्मिएकी अधिकारी नेपाली रजतपट र नाटक क्षेत्र सम्मानित कलाकार हुन्। स्व. अधिकारीले  दर्जनौं नाटक, चलचित्र तथा टेलिसिरीयलमा अभिनय गरेकी छन्। आफ्नो कुशल अभिनय क्षमताका कारण दर्शकमाझ लोकप्रिय थिइन्।

स्व. अधिकारीले ‘कची मचा’  भन्ने नाटक बाट आफ्नो अभिनय सुरु गरेकी थिइन्। यसपछि  ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरूमा अभिनय गरिन्।

पहिलो फिल्म मनको बाँधबाट नेपाली फिल्ममा प्रवेश गरेकी स्व अधिकरिले ‘कन्यादान’, ‘भाउजू’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेकी छन्।

लामो समयदेखि दम रोगले पीडित अधिकारीको शनिबार पशुपतिस्थित विद्युतीय शवदाह गृह अन्त्यष्टि गरिएको छ। स्व. अधिकारीको १ छोरा र १ छोरी छन्।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading