Thursday, April 18

‘सरौतो’को टिजरमा सुमीको एक्सन अवतार [भिडियो]

काठमाडौं : कार्तिक २२ मा रिलिज हुने फिल्म ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिकपछि बढ्दो कौतुहलतालाई मध्यनजर गर्दै निर्माण टिमले ’टिजर’ सार्वजनिक गरेको छ। सार्वजनिक टिजर सुमी मोक्तानलाई एक्सन अवतारमा देखाइएको छ।

टिजरमा सुमीसँगै सन्नी सिंह र लियो ट्यांक मुख्य रुपमा फिचर्ड छन्। केहि दिनअगाडि गीत सार्वजनिक समारोहमा पनि टिजरलाई रुचाइएको थियो भने सुमीले एक्सनमा गरेको मेहनतको तारिफ गरेका थिए। यसमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुनमगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ।

टिजरमा विजय, युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ। सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ। वीराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कलर प्रवीन मानन्धर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहनेछ। यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङको स्वर दिएका छन्।

काठमाडौं, सिम्रौनगठलगायतका तराईका स्थानमा यसको छायांकन गरिएको छ। राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाई उपत्यकामा गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading