Tuesday, July 16

यो हो संसारकै पहिलो भर्चुअल रियालिटी जिम, जहाँ हुन्छ भिडियो गेम खेल्दै वर्कआउट

अमेरिकाको सान फ्रान्सिस्कोमा संसारकै पहिलो भर्चुअल रियालिटी जिम सुरु भएको छ। यो जिममा आउने मानिसहरूका लागि एक्सरसाइज गर्न पहिलाभन्दा झनै सहज हुने छ।

यो यस्तो जिमम हो जहाँ एक्सरसाइज गर्दागर्दै भिडियो गेम पनि खल्ने सकिने छ। यो जिममा आएर मानिसहरू भर्चुअल रियालिटी जेम पनि खेल्न सक्छन्, जसमा स्वचालित केबल मेसिनको जडान गरिएको छ।

समाचारमा जनाइएअनुसार एक्सरसाइज गर्ने व्यक्तिलाई एउटा क्यामरा दिइने छ, जसमा भिआर हेडसेट र अन्य उपकरण जडान रहेको हुन्छ। यो यस्तो डिभाइज हो जसले हातको स्थितिलाई ट्याक गर्छ।

यो पनि पढ्नुहोस् :

अब ४५ किमी टाढाबाटै फोटो खिच्न सकिने, चीनमा विकास भयो नयाँ प्रविधि

जिम बीचैमा छाड्दा स्वास्थ्यमा कस्तो असर पर्छ?

जिम गर्न झन्झट मान्नेहरूका लागि उपयुक्त जुम्बा डान्स

भर्चुअल रियालिटी गेमको मद्दतबाट एक्सरसाइज गर्ने व्यक्तिले आफ्नो अघिल्लो पटक गरेको प्रदर्शनबाट वा कुनै व्यक्तिले गरेको प्रदर्शनसँग प्रतिस्पर्धा पनि गर्न सक्छन्।

मानिसहरू हेडसेटसँगै ब्ल्याक बक्समा रूपमा जाँदा नयाँ संसारमा पुगेको महसुस गर्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यस्तो गर्दा उनीहरू आफूहरुले एक्सरसाइज गरेको भन्ने पनि बिर्सिन्छन्। जसबाट उनीहरू फिट पनि रहन्छन्।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading