Thursday, October 3

अब ४५ किमी टाढाबाटै फोटो खिच्न सकिने, चीनमा विकास भयो नयाँ प्रविधि

चिनियाँ अनुसन्धानकर्ताहरूले एउटा विशेष किसिमको क्यामरा टेक्नोलोजीको विकास गरेका छन्। यसको मद्दतबाट मानिसको आकारसम्मको वस्तुको फोटो ४५ किलोमिटर दूरीबाट खिच्न सकिने छ।

अनुसन्धानकर्ता जेन-पिङ लिको एक लेख ओपन सोर्स जर्नल ArXivमा प्रकाशित भएको छ। उक्त लेखमा विशेष किसिमको क्यामरा टेक्नोलोजी स्माग र प्रदूषणबाट प्रभावित हुने छैन।

लेजर र स्मार्ट AI सफ्टवेयर्कको मद्दतबाट यो प्रविधिबाट उच्चस्तरीय फोटो खिच्न सकिने उनको दाबी छ। यो टेक्नोलोजीभन्दा पहिला फोटो खिच्नका लागि पुराना क्यामरामा LIDAR अर्थात् लाइट डिटेक्शन एन्ड रेन्जिङ टेक्नोलोजीको प्रयोग गरिँदै आइएको थियो।

यो पनि पढ्नुहोस् : यी हुन् सेल्फी शोखिनहरूका लागि बेस्ट स्मार्टफोन

अनुसन्धानकर्ताका अनुसार नयाँ सफ्टवेयरले प्रदूषण र धूँवाका बीचमा पनि राम्रो तस्बिर खिच्न सकने छ। यस प्रविधिले यस्ता प्रकारका वाधाहरूलाई पन्छाउँदै लामो दूरीसम्मका फोटो खिच्न सकिने अनुसन्धानकर्ताहरूको दाबी छ।

यसमा Gating प्रविधिको मद्दतबाट सफ्टवेयरले बाँकी माध्यमबाट रिफ्लेक्ट हुने फोटान्सलाई क्यामराकव क्षेत्रबाट हटाउने छ र ती वस्तुहरू फोटोको भाग बन्ने छैनन्। कुनै पनि वस्तुको दूरी र आकार थाहा पाउनका लागि क्यामरामा रेजर जडान गरिएको छ। यसको माध्यमबाट क्यामरामा फोटो खिच्नका लागि दूरी पनि तय गर्न सकिने छ।

एमआइटी टेक्नोलोजीको रिभ्यूको एक रिपोर्टमा क्यामरामा १५५० न्यानोमिटर वेवलेन्थ भएको इन्फ्रारेड लेजर प्रयोग गरिएको उल्लेख गरिएको छ।रिपोर्टमा यो वेवलेन्थले क्यामरा प्रयोगमा सहजता थप्नुका साथै सोलार फोटान्सबाट पनि बचाउनेसमेत उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस् : ९२ वर्षअघिको त्यो तस्बीर

सोलार फोटान्सले प्रायः क्यामराको रेजुलेसन र फोटोको गुणस्तरमा प्रभाव पार्ने गर्छ। नयाँ प्रविधि एआइ सिस्टमले पनि राम्रो परिणाम दिने बताइएको छ।

एमआइटीको रिपोर्टका अनुसार क्यामराले नयाँ अलगोरिदम पनि प्रयोग गर्न सक्छ। जसको मद्दतको मद्दतबाट जुटाइएको डाटाबाट नयाँ तस्बिर पनि बनाउन सकिन्छ।

रिपोर्टमा भनिएअनुसार पछिल्लो दिनमा आइ ३डी इमेज टेक्नोलोजीको मद्दतबाट सासाना डाटाहरूलाई जुटाएर फोटो बनाउन सहज भएको छ। गज्जबको कुरा त के छ भने यो क्यामरा जुत्ताको बाकस जत्रै रहेको छ जसलाई सजिलै सानो एयरक्राफ्ट वा मानवरहित वाहनमा लिएर जान सकिनेछ।


Discover more from खबरगृह

Subscribe to get the latest posts sent to your email.

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading