Saturday, April 20

यु-१६ पूर्व क्षेत्रीय क्रिकेट : नेपाल दोस्रो पटक उपाधि उचाल्न सफल

काठमाडौं : एसिसी यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले शान्दार जीत निकाल्दै दोस्रोपटक उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएको छ। नेपालले मलेसियालाई ५१ रनले हराउँदै उपाधि जितेको हो।

थाइल्यान्डमा समपन्न भएको खेलमा १४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४ दशमलभ ५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन मात्रै बनाउन सक्यो। मलेसियाका लागि तीन खेलाडी मोहम्मद हजिक ऐमान १८, वान मोहम्मद अजाम १६ र जिनेन्द्र मुरलीले १४ रनको योगना दिए भने अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न नेपालका विशालकुमार पटेलले चार विकेट लिँदा दीपक बोहोरा तीन विकेट लिए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाउँदै १४० रन जोडेको थियो।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए भने दीपक बोहोराले २३ रन जोडे। त्यस्तै विशाल विक्रम केसीले १७ रनको योगदान दिँदा निखिल कुमार सिंहले १३ रन बनाए। अन्य खेलाडी भने राम्रो बनाउन सकेनन्।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading