Saturday, April 20

टिआरपीमा पुनः पहिलो स्थानमा ‘द कपिल शर्मा शो’

एजेन्सी । भारतका चर्चित कमेडियन कपिल शर्माले सञ्चालन गर्दै आउको द कपिल शर्मा शो पुनः टेलिभिजन रेडिङमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ। पटक पटक बन्द हुँदै सञ्चान हुँदै आएको शोले पछिल्ला दिन राम्रो रेटिङ पाएको हो।

कपिल शर्माले आफूलाई बारम्बार एक प्रतिभावान कमेडियनको रुपमा प्रमाणित गर्दै आएका छन्। पछिल्लो समय विभिन्न विवादका कारण शर्माले कार्यक्रम बन्द गर्नुपर्‍यो। त्यसपछि उनी विवादलाई बिर्सने प्रयास गर्दै कार्यक्रमको नाम पनि ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मा बदलेर सन् २०१८ मार्चमा पुनः टेलिभिजनमा झुल्किए। तर, अत्यन्त न्यून रेटिङको कारण जम्मा तीन एपिसोडपछि कार्यक्रम बन्द भयो।

अघिल्ला असफलताबाट पाठ सिकेर उनले महिलाको ‘ग्याप’ राखे । यसबीचमा ठूलो तयारी गरेर उनले आफ्नो हास्यव्यंग कार्यक्रमको नयाँ संस्करण डिसेम्बरको अन्तिमतिर फेरि सुरु गरे।

कपिलको यसपटकको मिहनत भने खेर जान पाएन। सुरुदेखि नै टिआरपी रेटिङमा उच्च रहेको उनको कार्यक्रमले हाल नयाँ सफलता प्राप्त गरेको छ। ‘ब्रोडकास्ट रिसर्च अडिसन काउन्सिल’को सन् २०१९ को साह्रौं हप्ताको रेटिङमा ‘द कपिल शर्मा शो’ पहिलो स्थानमा प्राप्त गर्न सफल भएको हो।

अघिल्लो हप्तामात्रै उक्त कार्यक्रम शो रेटिङको चौथो स्थानमा थियो । एक हप्तामै कार्यक्रमले तीन स्थानको प्रगति गर्न सकेको हो। रेटिङमा पहिलो स्थानमा पुगेको उक्त एपिसोडमा आलिया भट्ट, सोनाक्षी सिन्हा, वरुण धवन र आदित्य रोय कपूर तिनको फिल्म कलंकको प्रमोशन गर्न पुगेका थिए। उनीहरूको फिल्म कलकंले त त्यति राम्रो प्रदर्शन गर्न सकेन तर उनीहरू प्रचार गर्न आएको कार्यक्रम भने हिट हुन पुग्यो।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading