Thursday, May 23

कार्तिक आर्यानले बढाए पारिश्रमिक

फिल्म लुका छिपीको सफलतापछि अभिनेता कार्तिक आर्यान अहिले चर्चामा छन्। कार्तिक मेनस्ट्रिमबाट बाहिर रहेक सोनू के टिटू की स्वीटी, प्याराका पञ्चनामा, प्यारका पञ्चनामा २, आकाशवाणी जस्ता हिट फिल्ममा देखिएर फिल्म निर्माताहरूको नजरमा परेका हुन्। यही कारणले कार्तिकले अहिले आफ्नो फिस पनि बढाएका छन्।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार ठूला निर्माताहरूसँग काम गर्नका लागि आफ्नो पारिश्रमिक घटाउने गरेका थिए। तर अब उनले आफ्नो पारिश्रमिक बढाउने निर्णय गरेका छन्। उनले आफ्नो पारिश्रमिक बढाउनुको कारण भने आफ्नो इच्छाविपरीत काम गराउन चाहने निर्मातासँग छुटकारा पाउने प्रयास स्वरुप गरेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

पछिल्लो समय आर्यान निर्देशक इम्तियाज अलीसँग आगामी फिल्मको सुटिङमा व्यस्त छन्। उनीबाहेक कार्तिक अर्को फिल्म पति, पत्नी र वो मा पनि देखिने छन्। यो फिल्ममा उनका साथमा अनन्या पाण्डे र भूमि पेडनेकर पनि हुनेछन्।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading